भर्चुअल मिटिङबाटै मुख्यमन्त्रीले गरे गोरखाको पूर्वाधार विकास कार्यालयको उद्घाटन


गोरखा खबर
  • आइतबार, असोज ४ २०७७

  • गोरखाखबर(गोरखा,४ असोज) । यातायात कागजात सम्वन्धी काम गर्ने गरी गोरखा र लमजुङमा स्थापना भएको पूर्वाधार विकास कार्यालयको आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन । पोखरामै एक्सन रुमबाट मुख्यमन्त्री गुरुङले जुम मिटिङको माध्यमले दुइवटा जिल्लामा स्थापना भएको पूर्वाधार विकास कार्यालयको उद्घाटन गरेका हुन । एक्सन रुपबाट भएको जुम मिटिङमा भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको पनि उपस्थिती रहेको थियो । अब ब्लुबुक नवीकरण, रुट परमिट, सवारी जाँचपास, पटके रुट परमिट लगायतको कामका लागि यस अघि पोखरा धाउनुपर्ने बाध्यता रहेकोमा अब देखि पूर्वाधार विकास कार्यालय बाटै हुने भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार