गोरखाखबर(गोरखा, १ असोज) । गोरखामा बिहीवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा परीक्षणका क्रममा गोरखा अजिरकोट गाउँपालिका वडा नं ३ की ३० वर्षीया महिला र बारपाक सुलिकोट गाउँपालिका वडा नं ३ का ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएका स्वास्स्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । संक्रमितहरु लाई आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।
