गोरखाखबर(काठमाण्डौं, ३१ भदौं) । नेपालमा कोरोना भाइरसको कारण बुधवार ८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा सुनसरीका ७० वर्षीय पुरुष, सप्तरीका ३५ वर्षीय पुरुष,कास्कीका ७० वर्षीय पुरुष,बाराकी ४६ वर्षीया महिला, काठमाण्डौंकी ७१, ७४ वर्षीया महिला र काभ्रेपलान्चोकका ५५ वर्षीय पुरुष र ४१ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसका कारण मृत्युको कूल संख्या ३ सय ७९ पुगेको छ ।