गोरखाखबर(गोरखा ३० भदौं) । गोरखा क्याम्पस आइसोलेसनबाट कोरोना मुक्त भएर मंगलवार एकैदिन २४ जना डिस्चार्ज भएका छन । कोरोना निको हुनेमा ५ वर्षका बालक देखि ७५ वर्षीया बृद्धा समेत गरी १७ पुरुष र ७ महिला रहेका छन । संक्रमण मुक्त भए डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका वडा नं ७ का १२ वर्षीय बालिका, ५ वर्षीय बालक, १७, २३, ३५, ३८, ४५ र ५५ वर्षका पुरुष छन । त्यस्तै गोरखा नगरपालिका वडा नं ८ का ५६, वडा नं १२ का ४६ वर्षीय पुरुष, वडा नं १३ का २५, ३२, ४२, ५०, ७५ वर्षीया महिला र २६, २६, ३० र ३० वर्षका पुरुष छन । यसैगरी पालुङटार नगरपालिका वडा नं १ का ६५ वर्षीया महिला, भीमसेन थापा गाउँपालिका वडा नं ३ का ७० वर्षीय पुरुष, शहिदलखन गाउँपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष, अजिरकोट गाउँपालिका वडा नं २ का २४ वर्षीय पुरुष र बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ का २४ वर्षीय पुरुष रहेका छन । सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको र आइसोलेसनमा बसेर १४ दिन उपचार पूरा गरेकोले डिस्चार्ज गरिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. गणेश श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
