गोरखा पन्द्रुङकी कोरोना संक्रमित एक महिलाको काठमाण्डौंमा मृत्यु


गोरखा खबर
  • सोमबार, भाद्र २९ २०७७

  • गोरखाखबर(गोरखा,२९ भदौं) । कोरोना संक्रमित गोरखा पन्द्रुङकी एक महिलाको काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको छ । बारपाक सुलीकोट गाउँपालिका वडा नं ८ पन्द्रुङकी ६३ वर्षीया महिलाको विरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमवार मृत्यु भएको बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्य फोकल पर्सन कृष्ण भट्टले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आन्द्राको उपचारका लागि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा भदौं २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार