असोज १ देखि यातायत व्यवसायीको भद्र अवज्ञा


गोरखा खबर
  • सोमबार, भाद्र २९ २०७७

  • गोरखाखबर(गोरखा,२९ भदौं) । लकडाउन जारी रहे गोरखामा असोज १ गते देखि यातायत व्यवसायीयले भद्र अवज्ञा गर्ने भएका छन । पृथ्वीराजमार्ग बस सञ्चालक प्रालि अन्तर्गतका सवारी साधन लामो तथा छोटो दुरीमा असोज १ गते देखि चलाउने निर्णयमा पुगेका छन । सेवा प्रदायक कार्यालय गोरखामा आवद्ध व्यवसायी र मजदुरहरुको भेलाले यस्तो निर्णय गरेको हो । भेलाले सवारी साधन चलाउनु पहिले पूर्ण रुपमा निर्मलीकरण गर्ने चालक तथा सहचालकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, बिना मास्क चढने यात्रुले १० रुपियाँ तिरेर मास्क किन्नुपर्ने, यात्रा गर्नेको विवरण दुरस्त राख्ने लगायतका निर्णय पनि गरेको छ । सरकारले लकडाउनमा यातायत सञ्चालन बारे विकल्प नसोचे आफूले असोज १ गते देखि यातायत चलाएर अवज्ञा गर्ने सेवा प्रदायक कार्यालय गोरखा सदस्य विपिनचन्द्र ढकालले बताए । उनले भने–“हामी गिरफ्तारी दिन तयार छौं तर मजदुर र व्यवसायी लाई भोकै मर्न दिदैनौं ।”

    प्रतिक्रिया

    सम्बन्धित समाचार