गोरखाखबर(काठमाण्डौं,२८ भदौं) । अव कोरोनाको पिसिआर परीक्षण २ हजार रुपियामा मात्र हुने भएको छ । यस अघि ४ हजार ४ सय रुपियाँमा हुदै आएको कोरोना संक्रमण भए नभएको पिसिआर परीक्षण अव सबै सेवा शुल्क समेत गरी २ हजार रुपियाँ मात्र लिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।शुरुमा पीसीआर परीक्षणका लागी १० प्रतिशत सेवा शुल्क सहित ६ हजार ५० रुपैयाँ तोकिएको थियो। मन्त्रालयका अनुसार पिसिआर परीक्षणका लागि आवश्यक पर्ने रसायन लगायतको भाउ अन्तराष्ट्रिय बजारमा घटेकोले पिसिआर परीक्षणको शुल्क पनि घटाएको हो ।