गोरखाखबर(गोरखा,२८ भदौं) । गोरखा सदरमुकाममा आइतवार प्रयोगशाला परीक्षणका लागि ५२ जनाको नमुना संकलन गरेको छ । गोरखा नगरपालिकाका वडा नं ७ का कन्ट्याक्ट ट्रेसिङ, जिल्ला प्रहरी कार्यालय र वडा नं ६ का गरी ५२ जनाको नमुना संकलन गरेको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए । अर्यालका अनुसार नमुना संकलन गरिएकोहरुमा ३४ जना पुरुष र १८ जना महिला रहेका छन ।