ट्रकले किच्दा गोरखा गण्डकीका एक बालकको मृत्यु


गोरखा खबर
  • आइतबार, भाद्र २८ २०७७

  • तस्वीर सौजन्य : सन्जित श्रेष्ठ

    गोरखाखबर(गोरखा, २८ भदौं) । पृथ्वीराजमार्गको तारपुलमा ट्रकले किच्दा गोरखा गण्डकी गाउँपालिका वडा नं ६ कौदीखोलाका १२ वर्षीय प्रबचन प्रजाको घटनास्थलमै मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को तारपुलमा आइतवार काठमाण्डौं बाट नारायणगढ तर्फ जादै गरेको ना.६.ख.३४६४ नम्वरको ट्रकले किच्दा प्रजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक र चालक लाई प्रहरी चौकी जोगिमाराले नियन्त्रणमा लिइसकेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार