गोरखाखबर(गोरखा,२८ भदौं) । गोरखाको आरुघाट बजारमा कुकुरले चितुवा मारेको छ । आरुघाट गाउँपालिका वडा नं ९ आरुघाट बजारको बसपार्कमा शनिवार राती कुकुरले चितुवा मारेको हो । बजार पसेको चितुवा संग कुकुरहरुको राती धेरै बेर सम्म भिडन्त हुदा कुकुरले चितुवा मारेको स्थानीय सकिल मियाँले बताए ।

तस्वीर सौजन्य : सकिल मियाँ
चितुवाको आन्द्राभुडी निकालिएको र कुकुर पनि घाइते भएको छ । मरेको चितुवा बाघ प्रजाति अन्तर्गत सामान्य चितुवा भएको स्थलगत मुचुल्कका लागि खटिएका सहायक बन अधिकृत बालकुमार नेपालीले जानकारी दिए । उनका अनुसार ३ किलो तौलको ६ महिनाको उक्त पोथी चितुवा २७ इन्च लम्वाई, १० इन्च उचाईको रहेको छ ।