गोरखाका १ सहित १४ जनाको शनिवार कोरोनाले मृत्यु


गोरखा खबर
  • शनिबार, भाद्र २७ २०७७

  • गोरखाखबर(गोरखा,२७ भदौं ) । कोरोना भाइरस संक्रमणबाट गोरखाका १ जना पुरुष सहित शनिवार १४ जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका वडा नं १ मसेलका ४५ वर्षीय एक पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिए ।

    मृगौलाको समस्या रहेको उनी भदौं २१ गते अस्पताल भर्ना भएकोमा भदौं २३ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको बेभसाइटमा उल्लेख भए अनुसार शनिवार मृत्यु भएकाहरुमा गोरखाका ४५ वर्षीय पुरुष ,सुनसरीका ४३ वर्षीय पुरुष, पर्साका ७८ वर्षीय महिला, काठमाण्डौंका ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष रहेका छन्।भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँका ७६ वर्षीय महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देशीका ६० र ४० वर्षीय पुरुष रहेका छन । यो संगै नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ जना पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार