गोरखाखबर(काठमाण्डौं,२७ भदौं) । पछिल्लो १४ घण्टामा १ हजार २ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला परीक्षणका क्रममा विभिन्न जिल्लाका गरी १ हजार २ सय १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५३ हजार १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले सम्म ३७ हजार ५ सय २४ जना निको भएर घर डिस्चार्ज भइसकेका छन ।