गोरखाखबर(गोरखा,२७ भदौं) । गोरखाको आरुघाट गाउँपालिका वडा नं ८ आरुपोखरीकी ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तस्वीर मनिष श्रेष्ठको ट्वीटर ह्याण्डलबाट
क्षयरोग उपचार केन्द्र, पोखरामा पठाएको स्बाब परीक्षणका क्रममा उनको पिसिआर रिर्पाेर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय ,पोखराको प्रेस विज्ञप्तीमा उल्लेख छ । यस अघि उनको भाईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकी महिला लाई आरुघाट स्थित आइसोलेसनमा राखिसकेको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिए ।
