गोरखाखबर(काठमाण्डौं, २५ भदौं) । अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयले अब शुल्क लिन पाउने भएका छन । तर शुल्क लिन अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहले भने स्वीकृति दिनुपर्नेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरे पछि यस्तो बाटो खुलेको हो । ‘ विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रहि स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ,’– ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा उल्लेछ ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका पूर्ण पाठका लागि तलका लिङ्कमा क्लिक गर्नुहोस्