गोरखाको घ्याल्चोक खसटार क्षेत्र सिल


गोरखा खबर
  • बिहिबार, भाद्र २५ २०७७

  • गोरखाखबर(गोरखा,२५ भदौं) । गण्डकी गाउँपालिका वडा नं ८ घ्याल्चोकको खसटार क्षेत्र सिल गरिएको छ ।

    तस्वीर सौजन्य: मनोज श्रेष्ठ/घ्याल्चोक

    उक्त क्षेत्रमा समुदायकै एकजनामा संक्रमण पुष्टि भए पछि लम्बुखोला देखि डुम्रीखोला सम्म(खसटार) क्षेत्र सिल गरेको वडा कार्यालयले बिहीवार एक सुचना प्रकाशित गरेर जानकारी गराएको छ । गण्डकी गाउँपालिका वडा नं ८ की सचिव सुस्मिता पौडेलद्वारा हस्ताक्षरित जारी सुचनामा अत्यावश्यक काम नभए घर बाहिर ननिस्कन र अत्यावश्यक सेवा बाहेक सबै पसल बन्द गर्न गराउन भनिएको छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार