गोरखाखबर(काठमाण्डौं, २४ भदौं) । नेपालमा बुधवार थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ३३ हजार ८ सय ८२ जना निको भएर डिस्चार्ज भएका छन । अहिले देशभर ५ हजार ४ सय ८० जना क्वारेन्टाइनमा र १५ हजार २५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।