गोरखाखबर(काठमाण्डौं,२३ भदौं) । नेपालमा गत २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ३२ हजार ९ सय ६४ जना निको भएका छन । मन्त्रालयका अनुसार कोरोना संक्रमण बाट ५ पुरुष र १ महिलाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा ५४ देखि ८५ वर्ष उमेरका छन ।