गोरखाखबर(गोरखा,२३ भदौं) । गोरखाका थप १० जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र प्रयोगशालामा परीक्षणका क्रममा गोरखा नगरपालिका वडा नं ७ का ५ जना, बारपाक सुलिकोट गाउँपालिका ३ जना, भीमसेन थापा गाउँपालिकाका १ जना र सिरानचोक गाउँपालिका १ जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

पुष्टि हुनेहरुमा गोरखा नगरपालिका वडा नं ७ का ५, २२, २३ वर्षका पुरुष र ६५ र २५ वर्षकी महिला ,बारपाक सुलिकोट गाउँपालिका वडा नं ५ का ३०, वडा नं ७ का २४, ४६ वर्षका पुरुष रहेका छन । त्यस्तै भीमसेन थापा गाउँपालिका वडा नं ३ का ७० वर्षका पुरुष र सिरानचोक गाउँपालिका वडा नं ६ का १७ वर्षका पुरुष रहेको निर्देशनालयले जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । सबैको कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो । सोमवार मात्र गोरखाका १८ जनामा संक्रमण पुष्टि भएको थियो ।यो संगै गोरखामा संक्रमण पुष्टि हुनेको कूल संख्या १ सय ९४ पुगेको छ । जसमध्ये गोरखाका ४ जनाको मृत्यु भइसकेको छ ।
