गोरखा सदरमुकामका स्थानीय कोरोना जोखिम न्युनिकरणमा जुटे


गोरखा खबर
  • सोमबार, भाद्र २२ २०७७

  • गोरखाखबर(गोरखा,२२ भदौं) । समुदायमै कोरोना संक्रमण बढ्न थाले पछि गोरखा सदरमुकामका विभिन्न टोलका स्थानीयहरु जोखिम कम गर्ने अभियानमा जुटेका छन ।

    गोरखा नगरपालिका वडा नं ६ पाटेचौर टोल विकास संस्था र स्थानीय दि गुर्खाज युनाइटेले कोभिड्–१९ को स्वास्थ्य मापदण्ड पालनाको अवस्था निगरानीको लागि विनोद श्रेष्ठको संयोजकत्वमा स्वयंसेवक समिति नै गठन गरेको छ । उनीहरुले उक्त वडाका जो कोही व्यक्ति पनि जिल्ला बाहिर गएर आएको खण्डमा १ हप्ता अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने, स्थानीय बोसेपानी धारामा पानी भर्नका लागि एकपटक २ जना मात्र प्रवेश गर्नुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका निर्णय गरेको छ । उक्त टोलको छोरीचेली माइत समेत नआउन आग्रह गरिएको र आए पनि १ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने स्थानीय रमेश कुमार श्रेष्ठले बताए । त्यस्तै, सोही वडाका पदेली टोल विकास संस्थाका अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले टोलमा कोही व्यक्ति बाहिर बाट आएमा १ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने, टोलका कोही व्यक्ति संक्रमित भएर होम आइसोलेसनमा बस्ने व्यक्त इच्छा गरेमा बस्न दिने तर उपयुक्त स्थान नभएमा टोलले नै आइसोलेसनको व्यवस्था गरिदिने निर्णय गरेको छ । उता वडा नम्बर ७ मा औषधी पसल, मेडिकल, अस्पताल बाहेकका सबै सेवा बन्द गर्ने, संक्रमित भेटिएको ठाउँमा आउजाउमा प्रतिबन्ध गर्ने, सुरक्षा निकाय सँग समन्वय गरेर निगरानी बढाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार