गोरखाखबर(काठमाण्डौं,२२ भदौं) । नेपालमा थप सोमवार ९ सय ७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
देशका विभिन्न जिल्लामा गरी कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ सय पुगेको छ । संक्रमित मध्ये ३० हजार ६ सय ७७ जना निको भएर डिस्चार्ज भइसकेका छन ।