गोरखाका थप १८ जनामा संक्रमण पुष्टि, गण्डकी प्रदेशमा ६७ संक्रमित थपिए


गोरखा खबर
  • सोमबार, भाद्र २२ २०७७

  • गोरखाखबर(गोरखा,२२ भदौं) । गोरखा जिल्लाभर सोमवार थप १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकाका १६ जना सहित १८ जनामा संक्रमण पुष्टि भएको हो ।

    गोरखा नगरपालिका वडा नं ७ का ३८, ९, ४५, १७, २८, २४ वर्षका पुरुष र २८, ८, ३१, ४, ४०, १२ वर्षका महिलामा संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नं ८ का ५६ वर्षका पुरुष , गोरखा नगरपालिकाकै वडा खुल्न नसकेका ३०, २४ वर्षका पुरुष , २८ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका वडा नं ७ र ८ सदरमुकाममै पर्दछ । त्यस्तै पालुङटार नगरपालिका वडा नं १ का २७ वर्षका पुरुष र ६५ वर्षका महिला पनि संक्रमण पुष्टि भएको छ । सबैको कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय , गण्डकी प्रदेशले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । निर्देशनालयका अनुसार कास्कीमा ३१, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा १५, गोरखामा १८ र तनहुँमा ३ गरी गण्डकी प्रदेशमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकामा रहेको पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ जना पुरुष संक्रमित भएका छन ।

     

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार