थप ९८० जनामा संक्रमण, ९ जनाको मृत्यु


गोरखा खबर
  • आइतबार, भाद्र २१ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२१ भदौं) । नेपालमा आइतवार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमण पुष्टि हुनेहरुको कूल संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

    कूल संक्रमित मध्ये २८ हजार ९ सय ४१ जना निको भएर डिस्चार्ज भईसकेका छन भने हाल देशभर १७ हजार २७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण ७ पुरुष र २ महिला गरी ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा ३, मोरङमा २, पर्सामा १, झापामा १ र धनुषा र चिवननमा १/१ गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार