गोरखाखबर(गोरखा,२१ भदौं) । मृत्यु पछि कोरोना पुष्टि भएको गोरखा नगरपालिका वडा नं ७ की ७५ वर्षीय बृद्धाको शवको आइतवार अन्त्येष्टी गरिएको छ ।

तस्वीर सौजन्य : रणसिंह दल गण, गोरखा
गोरखा नगरपालिका वडा नं १२ दरौंदी र लुदी दोभान छेउ नेपाली सेनाका रणसिंह दल गणले शव व्यवस्थापन गरेको हो । शव जमिनमा गाडनु अघि सेनाको शव व्यवस्था टोलीले सलामी दिएको थियो । यस अघि पनि कोरोना संक्रमण बाट मृत्यु भएका पालुङटारका एक व्यक्तिको उक्त स्थानकै आसपासमा शव व्यवस्थापन गरिएको थियो ।