गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना पुष्टि


गोरखा खबर
  • आइतबार, भाद्र २१ २०७७

  • गोरखाखबर(गोरखा,२१ भदौं) । गोरखा अस्पतालमा उपचारका क्रममा शनिवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा मृत्यु भएको गोरखा नगरपालिका वडा नं ७ धारापानीकी ७५ वर्षीय वृद्धाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नमुना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    उनको परिवारका ३ जना सदस्यमा शुक्रवार कोरोना संक्रमण देखिए पछि उनी पनि कन्ट्याक्ट ट्रेसिङमा परेकी थिइन । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डन्ट डा.नविन थापाले एक विज्ञप्ती प्रकाशित गरेर कोरोना पुष्टि भएको महिलाको मष्तिष्कघात भएर घरमै उपचार गराइरहेको र शनिवार अचेत अवस्थामा अस्पताल ल्याइएकोमा उपचारको क्रममा निधन भएको जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार