गोरखाखबर(काठमाण्डौं, २० भदौं) । नेपालमा कोरोना भाइरस संक्रमण बाट शनिवार ९ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६ पुरुष र ३ महिला रहेका छन ।

काठमाण्डौका ३, पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रूपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै त्यस्तै पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रूपन्देहीका ४० वर्षीय पुरुषको पनि कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमण बाट मृत्यु हुनेको संख्या २ सय ८० जना पुगेको छ ।