गोरखाखबर(गोरखा,२० भदौं) । स्थानीय प्रशासनले जारी गरेको एक हप्ते निषेधाज्ञाको पहिलो दिन शनिवार गोरखा नगर क्षेत्र सुनसान देखियो ।
शुक्रवार एकैपटक गोरखा नगरपालिकाका विभिन्न वडामा २० जनामा कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रशासन कार्यालयले शनिवार मध्यान्ह १२ बजे देखि भदौं २६ गते मध्यान्ह १२ बजे सम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । सडकमा एकदुई जना मानिस देखिनुका साथै एम्वुलेन्स , अत्यावश्यक सेवाका सवारी साधन बाहेक क ट्याक्सी फ्याट्टफुट्ट चलेको थियो । चोक र सडकमा खटिएका सुरक्षाकर्मीले चलेका मोटर साइकल , केही सवारी साधन लाई रोकेर सोधपुछ गरेको देखिन्थ्यो ।