गोरखाखबर(गोरखा,२० भदौं) । कन्ट्याक्ट ट्रेसिङमा परेकी गोरखा नगरपालिका वडा नं ७ की ७५ वर्षीया बृद्धाको उपचारको क्रममा मृत्यु भए पछि गोरखा अस्पतालको इर्मजेन्सी बन्द गरिएको छ ।

शुक्रवार मात्र उनका परिवारका परिवारका ३ सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । अचेत अवस्थामा अस्पतालको इर्मजेन्सीमा ल्याइएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिदै गोरखा अस्पतालले एक सुचना प्रकाशित गरेर कन्ट्याक्ट ट्रेसिङका क्रममा लिएको उनको पिसिआर रिर्पाेर्ट नआए सम्मका लागि इर्मजेन्सी सेवा बन्द रहने जनाएको छ । बृद्धालाई केही दिन अघि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मतिष्कमा समस्या देखिए पछि उनलाई घर ल्याएका थिए ।
