थपिए १,०४१ संक्रमित, कूल संक्रमित ४५,२७७ पुगे


गोरखा खबर
  • शनिबार, भाद्र २० २०७७

  • गोरखाखबर(काठमाण्डौं,२० भदौं) । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ । त्यस्तै संक्रमित मध्ये २७ हजार १ सय २७ जना निको भएका छन । यस अघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १ हजार नाघेको थियो।

    प्रतिक्रिया

    सम्बन्धित समाचार