गोरखाखबर(गोरखा,१९ भदौं) । कोरोना संक्रमण बाट सुरक्षाका लागि गोरखामा कार्यरत संघसंस्थाले अग्रपंक्तिमा कार्यरत सुरक्षाकर्मी र पत्रकार लाई मास्क तथा स्यानीटाइजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । जिल्ला समन्वय समिति मार्फत १५ सय थान मास्क र २ लिटर स्यानिटाईजर जिल्ला समन्वय समिति मार्फत सुरक्षाकर्मी,पत्रकार लगायत अग्रपंक्तिमा रहेर काम गर्नेका विभिन्न संघसंस्थाले स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्त्रण गरेको हो ।
गुड नेवर्स इन्टरनेशनल नेपालले १ हजार थान सर्जिकल मास्क र भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले ५ सय थान सर्जिकल मास्क र २ लिटर स्यानिटाईजर जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ मार्फत हस्तान्त्रण गरेको हो । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको रणसिंह दल गण र शसस्त्र प्रहरी वललाई ४/४ सय थान मास्क एवम् स्यानिटाईजर ५/५ मिलिलिटर तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई सर्जिकल मास्क १ सय थान रहेको छ । नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटा र गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक मन कुमार राईले उक्त स्वास्थ्य सामाग्री समन्वय समिति गोरखा प्रमुख गुरुङ्ग लाई हस्तान्तरण गरेका थिए ।