नेपालमा अहिले सम्मकै धेरै १३५९ जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • शुक्रबार, भाद्र १९ २०७७

  • गोरखाखबर(काठमाण्डौं,१९ भदौं) । नेपालमा शुक्रवार १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो दैनिक पुष्टि भएका संक्रमितहरुको संख्या मध्ये अहिले सम्मकै धेरै हो ।

    यो संगै नेपालमा कूल कोराना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये २५ हजार ५ सय ६१ जना सङ्क्रमित निको भइसकेका छन् भने अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ जना रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार