गोरखाखबर(गोरखा,१९ भदौं) । गोरखामा शुक्रवार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकाका २० जना , शहिद लखन र अजिरकोट गाउँपालिकाका १/१ जना गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा गोरखा नगरपालिका वडा नं १३ का ११ महिला , ३ पुरुष, वडा नं ६ का २ महिला, शहिद लखन गाउँपालिकाका १ पुरुष रहेका छन । त्यस्तै उपचारका लागि चितवन पुगेर फर्केका वडा नं ७ का २ पुरुष , १ महिला, चितवनमा अध्ययन गर्ने वडा नं ८ का १ पुरुष रहेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । त्यस्तै भारत बाट फर्किएका अजिरकोट गाउँपालिका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु लाई गोरखा क्याम्पस आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।