राष्ट्रियसभा सदस्यमा बामदेव गौतम सिफारिस


गोरखा खबर
  • बिहिबार, भाद्र १८ २०७७

  • गोरखाखबर(काठमाण्डौं,१८ भदौं) । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने भएको छ । नेकपा सचिवालयको बिहीवार बसेको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो ।अहिले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको सिटमा वामदेवलाई मनोनयन गर्ने हो भने अबको दुई दिनपछि अर्थमन्त्री डा। युवराज खतिवडा स्वतः पदमुक्त हुनेछन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार