गाडी रोकेर चालक लाई नमस्कार गर्दै ट्राफिक प्रहरी


गोरखा खबर
  • बिहिबार, भाद्र १८ २०७७

  • गोरखाखबर( गोरखा, १८ भदौं ) । आकस्मिक र नियमित चेक प्वाइन्ट बनाएर सधैं झै ट्राफिक प्रहरीले चेकजाँच गर्ने गर्छ । तर गोरखामा बिहीवार ट्राफिक प्रहरीको गतिविधि भने अनौठो थियो । उनीहरुले सवारी साधन रोके पछि चालक लाई नमस्कार गर्दै कागजात माग्दै थिए । यो ट्राफिक प्रहरीले शुरु गरेको नमस्कार अभियान हो । यस अभियान अन्र्तगत सडकमा डियुटीमा खटिएका ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचका लागि रोक्दा चालक लाई नमस्कार गरेर मात्र कागजात माग्ने गर्दछ ।

    यसले ट्राफिक प्रहरी प्रतिको दृष्टिकोण सकरात्मक बनाउनुका साथै सवारी नियम कार्यान्वयनमा पनि सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए । यस अभियान अन्तर्गत ट्राफिक प्रहरीले विभिन्न चेक प्वाइन्टमा सवारी साधन रोक्ने, नमस्कार गरेर नम्र हुदै कागजात माग्ने , कागजात नभएको भए जरिवाना गराउने अनि फेरी अन्त्यमा नमस्कार गरेर विदा गर्ने गर्दछ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले गण्डकी प्रदेश भर यो अभियान थालेको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार