कोरोनाले ज्यान गुमाउने २५७ पुग्यो, बिहीवार ६ जनाको मृत्यु


गोरखा खबर
  • बिहिबार, भाद्र १८ २०७७

  • गोरखाखबर(काठमाण्डौं, १८ भदौं) । नेपालमा बिहीवार २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा ४ जना महिला र २ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो सँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको संख्या २ सय ५७ पुगेको छ ।मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट हुने मृत्युदर शुन्य दशमलब ६ रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार