नेपालमा एकैदिन १२२८ मा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • बिहिबार, भाद्र १८ २०७७

  • गोरखाखबर(काठमाण्डौं, १८ भदौं) । नेपालमा बिहीवार एकैदिन १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कूल संक्रमितको संख्या ४२ हजार ८ सय ८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    थपिएका सङ्क्रमितमध्ये ३९४ जना महिला र ८३४ जना पुरुष छन्। कूल संक्रमित मध्ये २४ हजार २ सय ७ जना निको भएका छन भने २ सय ५७ जनाको कोरोनाको कारण मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । अहिलेसम्म पुष्टि भएकामध्ये झन्डै ५६ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।

    प्रतिक्रिया

    सम्बन्धित समाचार