गोरखाखबर(गोरखा,९ भदौं) । जिल्ला प्रशासन कार्यालयले गोरखाका ५ स्थानीय तह लाई गोरखा प्रवेश नाकामा कडाई गर्न पत्राचार गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन, आरुघाट र गण्डकी गाउँपालिका लाई जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलवार पत्राचार गरेको हो ।

जिल्लामा संक्रमितको संख्या कम भए पनि छिमेकी जिल्लामा बढिरहेकोले अपरिचित व्यक्ति जिल्ला प्रवेशमा रोक लगाउन र परिचित व्यक्ति लाई नाका प्रवेश गराउदा विस्तृत विवरण सहित अभिलेख गर्ने, अनिवार्य रुपमा होम क्वारेन्टीन र मास क्वारेन्टीनमा राखेर स्थानीय प्रशासन लाई जानकारी गराउनुपर्ने प्रशासनद्वारा स्थानीय तह लाई पठाएको पत्रमा उल्लेख छ ।