गोरखाखबर(काठमाण्डौं, ८ भदौं) । नेपालमा कोरोना भाइरस संक्रमणका कारण १ सय ५७ जनाले ज्यान गुमाएका छन । कोरोनाले एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार मृतकमध्ये एक जना ३८ वर्ष र बाँकी सबै ४८ देखि ७० वर्षसम्मका छन । रूपन्देहीमा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको छ । त्यस्तै काठमाण्डू र पर्सामा पनि १/१ महिला र सुनसरी र मोरङमा एक १/१ पुरुष गरी थप चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।