गोरखा हाजिर हुन आएका कर्मचारीमा संक्रमण पुष्टि


गोरखा खबर
  • आइतबार, भाद्र ७ २०७७

  • गोरखाखबर(गोरखा, ७ भदौं) । गोरखाका एक सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको छ । एकजना २८ वर्षीय पुरुष कर्मचारीको कोरोना पोजेटिभ रिर्पाेर्ट आएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टि गरेको छ ।

    सरुवा भए पछि सर्लाहीबाट गोरखा जिल्ला अदालत हाजिर हुन आएका उनी गत साउन ३१ देखि मनकामना आवासीय बहिरा माविको क्वारेन्टीनमा बसेका थिए । भदौं ३ गते स्वाब संकलन गरिएको उनको प्रयोगशाला परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । यो संगै गोरखामा संक्रमण पुष्टि हुनेको संख्या १ सय २१ पुगेको छ । सक्रिय संक्रमित २ जना छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार