किसान लाई कोरोना भन्दा मलकै पिरलो


गोरखा खबर
  • शनिबार, भाद्र ६ २०७७

  • गोरखाखबर(गोरखा,६ भदौं ) । धान र कोदोमा मल राख्ने बेला घर्किसकेको छ । तर गोरखाका किसानहरुले अहिले चाहिएको रासायनिक मल किन्न पाएका छैनन । गत आइतवार गोरखा सदरमुकामको जनमुखी कृषि उपभोक्ता सहकारी लिमिटेडमा मल किन्न किसानहरुको भिड लाग्यो ।

    नाइट्रोजन सल्फर मल ल्याए पछि १० किलो मल किन्नका लागि उनीहरु कोरोना संक्रमण जोखिमको परवाह नै नगरी मल किन्न घण्टौं लाईनमा उभिए । भीमसेन थापा गाउँपालिका वडा नं २ तान्द्राङबाट मल किन्न सदरमुकाम आएका नेत्रलाल भट्टले मल किन्नकै लागि आफू एकदिन अघि नै सदरमुकाम आएर बास बसेको बताए । उनले भने–“ कोरोनाको डर मानेर के गर्नु । मल पाएन भने उब्जनी हुदैन । झन पछि भोकैले मरिन्छ ।”लकडाउनका कारण ढुवानी हुन नसक्दा विगतमा भन्दा पनि अहिले झन अभाव बढेको छ । जिल्लामा ३० भन्दा बढी सहकारीले मलको विक्री वितरणका लागि अनुमति पाएका छन । जिल्लाभर करिब ४ हजार टन नाइट्रोजन सल्फर मल आवश्यक पर्नेमा अहिले सम्म ७० टन जति मात्र मल भित्रिएको कृषि ज्ञान केन्द्रको अनुमानित तथ्याङ्क छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार