गोरखा कोरोना अपडेट : १ सक्रिय संक्रमित, १६६ को रिर्पाेर्ट आउन बाँकी


गोरखा खबर
  • शनिबार, भाद्र ६ २०७७

  • गोरखाखबर( गोरखा, ६ भदौं) । गोरखामा स्वाब संकलन गरिएका मध्ये १ सय ६६ जनाको अझै रिर्पार्ट आउन बाँकी रहेको छ । गोरखामै स्वाब संकलन गरेर कोरोना संक्रमण पुष्टि भएका १२० जना मध्ये १ सय १८ जना निको भएर डिस्चार्ज भएको र अहिले १ जना मात्र आइसोलेसनमा रहेका छन ।

    संक्रमित मध्ये १ जनाको भने मृत्यु भएको थियो । स्वाब लिइएका मध्ये अझै १ सय ६६ जनाको प्रयोगशाला परीक्षणको रिर्पाेर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए । त्यस्तै गोरखामा अझै १ सय ५५ जना सामूहिक क्वारेन्टीनमा र ६८ जना घरमै होम क्वारेन्टीनमा बसेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार