गोरखाखबर( काठमाण्डौं, ६ भदौं) । नेपालमा शनिवार थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमितहरू काठमाण्डौंका १६० जना, पर्सामा ५९, मोरङमा ५२ सिरहामा ३५ मकवानपुरमा ३२, बाँकेमा २८ र चितवनमा २७ जना रहेका छन्।ललितपुरका ६ र भक्तपुरका ५० गरी काठमाण्डू उपत्यकामा २१६ जना सङ्क्रमित थपिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कूल संक्रमितको संख्या कुल ३१ हजार १ सय १७ पुगेको छ।

त्यस्तै, विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।मृत्यु हुनेमा सुनसरीकी एक ६ वर्षीया बालिका र त्यहीका ६७ वर्षीय पुरुष, पर्साका तीन पुरुष ४८, ५८ र ६१ वर्षीय, बाराका एक ५८ वर्षीय पुरुष, सिराहाका एक ६८ वर्षीय पुरुष, मकवानपुरका एक ५६ वर्षीय पुरुष र भक्तपुरका एक ७३ वर्षीय पुरुष रहेका छन । यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ४६ पुगेको छ।