गोरखाखबर(काठमाण्डौं, ५ भदौं) । नेपालमा कोरोना भाइरसका कारण शुक्रवार एकैदिन ११ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु पुष्टि भएकाहरुको संख्या यो अहिले सम्मकै धेरै हो । मृत्यु हुनेमा एक महिला र १० पुरुष रहेका छन ।

कोरोनाका कारण मृत्यु पुष्टि भएकाहरुमा काठमाण्डौं, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संग नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कूल संख्या १ सय ३७ पुगेको छ।