गोरखामा ७ दिने निषेधाज्ञाको पहिलो दिन प्रभावकारी


गोरखा खबर
  • सोमबार, भाद्र १ २०७७

  • गोरखाखवर (गोरखा, १ भदौ ) । कोरोना संक्रमण बढ्न थाले पछि गोरखामा प्रशासनले जारी गरेको निषेधाज्ञाको पहिलो दिन सोमवार पूर्ण कार्यान्वयन भएको छ । एम्वुलेन्स लगायत तोकिएको अत्यावश्यकका बाहेक कुनै पनि सार्वजनिक तथा निजी सवारी साधन चलेन । त्यस्तै बजारका पसलहरु , बैंक तथा वित्तिय संस्थाहरु र सरकारी कार्यालय बन्द रह्यो ।

    मानिहरुको हिड्डुल पनि एकाध देखिएको थियो । निषेधाज्ञाको कार्यान्वयनका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । सदरमुकाम सहित जिल्लाका प्रमुख बजारहरुमा गरिएको अनुगमनको क्रममा निषेधाज्ञाको पालना प्रभावकारी पाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए । समुदायमा संक्रमित देखिन थाले पछि जिल्ला प्रशासन कार्यालय गोरखाले भदौं ७ गते सम्मका लागि सोमवार देखि निषेधाज्ञा जारी गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार