गोरखामा भोलि देखि सातदिन सटडाउन


गोरखा खबर
  • आइतबार, साउन ३२ २०७७

  • गोरखाखबर(गोरखा,३२ साउन) । कोरोना भाइरसको संक्रमण जोखिम बढे पछि गोरखा जिल्लामा सोमवार देखि एकसाता सटडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा आइतवार बसेको कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित जिल्ला कमाण्ड पोष्टको बैठकले आगामी भदौं ७ गते राती १२ बजे सम्म लागू हुने गरी अत्यावश्यक सेवा बाहेक जिल्लामा सटडाउन(बन्द) गर्ने निर्णय गरेको हो ।

    कमाण्ड पोष्टले गरेको निर्णय अनुसार सार्वजनिक यातायत, निजी सवारी साधन( अत्यावश्यक प्रयोग बाहेक ) सञ्चालन पूर्ण रुपमा बन्द गर्ने, अत्यावश्यक सेवा बाहेक जिल्ला प्रशासन, मालपोत लगायतका सरकारी कार्यालयले दिदै आएको सेवा बन्द गर्ने, बैंक तथा वित्तिय संस्थाहरुका हकमा जोखिम लाई मध्यनजर गर्दै बाह्य सेवा बन्द गर्ने भएको छ । त्यस्तै खाद्यान्न, औषधी र पेट्रोलियम पदार्थ बाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय पनि भएको छ । निर्णय लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार