गोरखाखबर(गोरखा,३१ साउन) । पिसिआर परीक्षणका लागि शनिवार गोरखा हरमटारीका २५ जनाको नमुना संकलन गरिएको छ । गोरखा नगरपालिका वडा नं ६ हरमटारीकी ४७ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भए पछि नमुना संक्रलन गरेको हो ।

कन्ट्रयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएकी महिलाको परिवार, छिमेकी र एउटै घरमा बसेका मानिसहरुको नमुना लिइएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुष्टि भएकी ति महिला लाई भने शनिवार गोरखा क्याम्पस आइसोलेसनमा लगिएको छ ।