व्युटिपार्लर व्यवसायीहरुले प्रजिअ लाई बुझाए ज्ञापनपत्र


गोरखा खबर
  • शनिबार, साउन ३१ २०७७

  • गोरखाखबर(गोरखा,३१ साउन) । सौन्दर्यकला व्यवसायी संघले गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई लाई५ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ ।

    संघका अध्यक्ष सुकु श्रेष्ठलेको नेतृत्वमा गएको टोली शुक्रवार प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालना गरी तत्काल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुको व्याजमा सहुलियतका लागि सिफारिस, लकडाउनको अवधिको व्याज मिनाहा हुनुपर्ने, स्थानीय करमा पूर्ण छुट, महिला संग सम्वन्धित व्यवसाय भएकोले विशेष राहतको व्यवस्था गरिनुपर्ने र व्युटिसियनबाट कोरोना भाइरस समुदायमा फैलिएको भन्ने विषयले व्यवसायमा थप असर परेकोले सहजीकरण गरिनुपर्ने लगायतको माग उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार