कोरोनाले थप ८ जनाको मृत्यु , नेपालमा मृतक ९१ पुग्यो


गोरखा खबर
  • बुधबार, साउन २८ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२८ साउन) । कोरोनाको कारण थप ८ जनाको मृत्यु पुष्टि भएको छ । बुधवार एकैदिन ८ जनाको मृत्यु पुष्टि भएको यो पहिलो हो । यो सँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मृतकहरू मध्ये धनुषा जिल्लाका दुई जना र काठमाण्डू, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एक जना छन्। उनीहरू ३२ देखि ७८ वर्षका हुन ।ती मध्ये दुई महिला र छ पुरुष छन्।

    प्रतिक्रिया

    सम्बन्धित समाचार