गोरखाखबर(काठमाण्डौं, २७ साउन) । नेपालमा मंगलवार थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

अहिले सम्म १६ हजार ६ सय ६४ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलवार मात्र १ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।