नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७९ पुग्यो


गोरखा खबर
  • सोमबार, साउन २६ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२६ साउन) । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दुई पुरुष र दुई महिलाको मृत्युको पुष्टि गरेको छ ।

    बाँकेको कोहलपुर नगरपालिकाकी ७० वर्षीया महिलाको आइतवार मृत्यु भएको हो।उनी उच्च रक्तचाप र पारालाइसीसको बिरामी भएको एवम् मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । पर्साको बेदियाही गाउँपालिकाकी ४५ वर्षीया महिलाको पनि आइतवार निधन भएको हो। उनमा पनि मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।त्यस्तै काठमाण्डूको मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको हो। उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि सोमवार निधन भएको छ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार