थप ३८० संक्रमित, २ जनाको मृत्यु


गोरखा खबर
  • आइतबार, साउन २५ २०७७

  • गोरखाखबर(काठमाण्डौ.,२५ साउन) । नेपालमा आइतवार थप ३ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । हालसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ३८ रहेको छ ।

    त्यस्तै कोरोनाको कारण २ जनाको मृत्यु भएको मन्त्रलयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं। १९ वस्ने ६२ वर्षीय पुरुषको शनिवार राति ११स्३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको डा। गौतमले बताए।ती मधुमेहका रोगी रहेको र साउन १७ गते कोभिड(१९ पुष्टि भएपछि सघन उपचार कक्षमा उपचाररत रहेको बताइएको छ।त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं। २ का २० वर्षीया महिलाको शनिवार निधन भएको छ।उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुग्दा मृत घोषित भएकी थिइन।मृत्युपश्चात गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ७५ जना पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार